मायादेवी अनलाइन, वाणगंगा ।
स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । विभिन्न जिल्लामा विवादका कारण मतदान स्थगित हुने अवस्था सिर्जना भएपनि कपिलवस्तुमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
‘जिल्लामा उत्साह पूर्णरुपमा मतदान भइरहेको छ,’ जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले मायादेवीसंग भने ।
उनका अनुसार जिल्लाको वाणगंगा क्षेत्रमा विहान बर्षाले थोरै असर गरेपनि अहिले धमाधम मतदाताले मतदान गरिरहेका छन् ।
कपिलवस्तुमा ९ पालिकाका ४ सय २७ मतदान केन्द्र कायम गरिएका छन् । मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए ।
महाराजगञ्ज नगरपालिकामा भने नगर उप प्रमुखको निधन भएकाले त्यहाँ शुक्रबार निर्वाचन हुन सकेन् । जेष्ठ ३ गतेका दिन त्यहाँ निर्वाचन हुने निर्वाचन अधिकारी पन्थीले जनाए ।
कपिलवस्तुमा बिहान ७ बजेदेखि नै मतदान सुरू भएको थियो ।
प्रतिक्रिया