स्याङ्जा ।
स्याङ्जाको वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयो ।
उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयो ।
अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया