काठमाडौं ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा बुधबार राति एक युवकको शव भेटिएको छ ।
मृतक स्थानीय विमल कार्की रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए । कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर जान्छु भन्दै विमल बुधबार दोभानबाट पैदलै निस्किएको प्रहरी प्रमुख राईले जानकारी दिए ।
‘म आउँदै छु, खाना पकाउनु भनेका रहेछन् घरमा । तर, अबेरसम्म नआएपछि परिवारले हामीलाई राति साढे ११ बजेतिर खबर गरेका थिए । त्यसपछि खोजी गर्दा विमलको शव सडक किनारबाट झण्डै ३ सय मिटर तल फेला परेको थियो’, डीएसपी राईले भने ।
विमलको भवितव्यले मृत्यु भएको वा हत्या भएको भन्ने केही स्पष्ट हुन नसकेको उनले बताए । ‘ुरातको समयमा आफै सडक किनारबाट खसेका पनि हुन सक्छन् वा कसैले लडाइदिएको पनि हुन सक्छ । पोष्टमार्टम रिपोर्ट नआइकन केही भन्न सकिँदैन राईले भने ।
उनका अनुसार सडक किनारमा झोला र मोबाइल भेटिएपछि तल खोज्दै जाँदा सडक किनारबाट झण्डै ३ सय मिटर तल विमलको शव भेटिएको थियो ।
ताप्लेजुङका सांसद योगेश भट्टराईका प्रेस सल्लाहकार प्रेम गुरागाईंले भने गठबन्धनले विमलको अपहरणपछि हत्या गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया