१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

जेठ १ गतेदेखि बैंकहरू शनिबार र आइतबार दुई दिन बन्द हुने



काठमाडौं ।

आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ : ३० देखि ४ : ०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९ : ३० बजेदेखि ३ :३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ । यता अन्य कार्यालयहरु भने विहान ९ : ३० बजेदेखि ५ :३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९ बुधबार ००:००  ३ : ३६ बजे