१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

एमालेबाट वडाध्यक्षका उम्मेदवारको ज्यान गएपछि तुलसीपुर १७ मा जेठ ३ गते चुनाव हुने



दाङ ।
दाङको तुलसीपुर उपमहागनरपालिका १७ मा पालिका चुनावको मिति सरेको छ ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको ज्यान गएपछि ३० गते हुने चुनाव स्थगित गरेर जेठ ३ गतेका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार २८ गते मनोनयन दर्ता गर्ने र २९ गते सबै प्रक्रिया पूरा गरेर चुनाव चिह्न प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : ३८ बजे