१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

दाङमा झाडापखालाबाट एक बालकको ज्यान गयो



दाङ ।
दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको ज्यान गएको छ । झाडापखालाबाट अन्य चार जना बिरामी परेका छन् । झाडापखालाबाट ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीको पश्चिम थारुगाउँका तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।

बिरामी हुनेहरूमा तुलसीपुर ११ कै ५० वर्षीय बुद्धिराम, ४० वर्षीया गौरी, ५८ वर्षीय कलसीङ पुन र मिना पुन रहेका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिरामीहरूमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएका इन्चार्ज केसीले बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : २० बजे