१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

जीतको आशिष दिनुस्, जनताको सेवक बन्छु : मेयरका उम्मेदवार अर्याल



कपिलवस्तु ।
नेकपा (एमाले) बाणगंगाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नगरका विभिन्न वडाका मतदातासंग भेटघाटका क्रममा जनताको सेवक बन्छु, जीतको आशिष दिन आग्रह गर्नुभएको छ । उहाँले आफुले नगरका प्रमुखमा जितेपछि जनताको सेवक बन्ने बताउदै नगरवासीका आकांक्षा पुरा गर्ने बताउनुभएको छ । नगर प्रमुखका प्रत्यासी चक्रपाणी अर्यालले आफु सेवाग्राही सरह भएर जनताको सेवा गर्न एकपटक अत्याधिक बहुमतले विजयी गराउन सूर्य चिन्हमा मतदान गर्न समेत आग्रह गर्नुभएको छ ।
विगतका अधुरा गौरबका आयोजनाहरु पुरा गर्न र नयाँ केही स्मार्ट योजनाहरु संचालन गरी समृद्ध नगर र सुखी नगरवासीको आंकाक्षा पुरा गर्ने अवसर एकपटक प्रदान गर्न आग्रह गर्नुभएको हो । अर्यालले नगरका सबै मतदाताहरुलाई उत्साहपूर्वक मतदान प्रकृयामा सहभागी हुन आह्वान गर्दै निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पु¥याउन समेत सबैसँग अपिल गर्नुभएको छ ।
अर्यालले ‘एमालेको तर्फबाट नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यका प्रत्यासी सवैले जनताको सेवामा प्रतिवद्ध भएर काम गर्ने र त्यसका लागि अमूल्य मत दिएर समृद्ध नगर, सुखी नगरबासीको संकल्प पुरा गर्न महत्वपूर्ण कार्यभारका लागि एकपटक नगरवासीले मत दिन अनुरोध गर्नुभएको छ ।
आगामी ५ वर्षभित्र नगरका सबै गाउँ, टोललाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउन जनताको बीच अवरात्र खटने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।‘हाम्रो मूल ध्येय भनेकै ‘समृद्ध नगर, सुखी वाणगंगा बासी ’ हो । यस ध्येयलाई साकार पार्नका निमित्त आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा शहरी पूर्वाधार विकासका क्षेत्रमा, सुकुम्बासी समस्या समाधानका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि, पुश लगाएतका क्षेत्रमा मात्र होइन, रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू ५ वर्ष भित्रै हासिल गर्ने अर्यालले अठोट लिनुभएको छ ।
विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउने दुरदृष्टि, नीति र कार्यक्रम नगरको घोषणा पत्र मार्फत प्रतिवद्धता आदरणीय बाणगंगाबासी बीच जाहेर गर्दै बाणगंगा नगरपालिमा एमालेको सरकार निर्माण गरी समृद्ध नगर, सुखी बाणगंगा नगरबासीको संकल्प पुरा गर्न प्रतिवद्ध छौं, मेयरका उम्मेदवार अर्यालले भन्नुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ७ : ३२ बजे