कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ मा वडाध्यक्षको उम्मेद्वारको रुपमा युवराज पोख्रेललाई पाउँदा मतदाता हर्षित भएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका बाणगंगा नगर कमिटि अध्यक्ष समेत रहनुभएका पाका समाजसेवीको रुपमा परिचित पोख्रेललाई उम्मेद्वार भएर घरघरमा आउँदा निकै उत्साह थपिएको मतदताले बताएका छन् ।
गएको ५ वर्ष जनप्रतिनिधिहरुले उत्कृष्ट विकासका कार्यहरु गरेकाले अहिलेको स्थानीय तहको निर्वाचनमा पनि एमालेकै जनप्रतिनिधि आउनुपर्ने वडावासीले सुझाव दिएका छन् । पोख्रेल वडा अध्यक्षको उम्मेदवार भएपछी वडाका सवै मतदातासंग भेटघाट गरी वडावासीका समस्या बुझेर अल्पकालिन र दीर्घकालिन योजना बनाएर समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबैको घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको उम्मेदवारीहरुलाई जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको उम्मेदवार पोख्रेलले बताउनुभयो । नेकपा एमाले बाणगंगा नगर अध्यक्ष समेत रहनुभएका पोखरेल वडा अध्यक्षको उम्मेदवार बनेर वडामा आएपछि केन्द्र र प्रदेशबाट पर्याप्त बजेट ल्याएर वडाको विकास र समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने कुरामा स्थानीय विश्वस्त भएका छन् ।
शालिन र भद्र स्वभाव, शैक्षिक व्यक्तित्व र बचनका पक्का पोखरेल सवै जातजाती र समुदायबीच लोकप्रिय छन् । वडाले योग्य र सक्षम उमेद्धवार पाउदा मतदाता हर्षित भएको घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदावर पोखरेलले अनुभूति गरेको र मतदाताको अपेक्षा पुरा गरिदिने विश्वासले चुनाव जित्ने दावी गरेका छन् । मतदाताका बिचमा आफुले विकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गरेको भन्दै निर्वाचित भएपछि पूरा गर्नेमा मतदातालाई बिश्वास दिलाएको वताउनुभयो ।
प्रतिक्रिया