कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडलले सुकुम्बासी बस्तीलाई सुगम बस्ती बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मतदाता भेटघाट कार्यक्रममा वडावासीको जिज्ञासालाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीहरुका लागि पहिलो प्राथमिकता दिने लक्ष्य रहेको बताउनुभयो ।
वडाका उप्टहवा, बुंची, डाँडाकुला, लगायत विभिन्न गाँउको सुकुम्वासी तथा अव्यस्थित बस्तीमा जग्गाधनी लालपुर्जा प्रदान गर्न विशेष पहल गर्नुका साथै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकासका पुर्वाधारको ब्यवस्था गर्ने बताउनुभयो ।
बर्षौदेखि विकासको दृष्टिले पछाडी परेका सुकुम्बासी नागरिकहरुका लागि स्थानीय सरकारको अनुभुती गराउने खालका काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धेरै बर्षदेखि उपेक्षित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले नेकपा एमालेको सरकारले शुरु गरेको अव्यवस्थित वसोवास, सुकुम्वासीलाई लालपुर्जा प्रदान देखि विभिन्न विकास गर्ने भएपछि एमालेलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । उनीहरुले लालपुर्जा दिन्छु भन्ने धेरै पटक चुनावी नारा भएपनि अहिले सम्म कसैले पुरा गर्न नसकेको बताएका थिए । अब कसैको लोभ, प्रलोभन, डरमा नपरी वडाध्यक्षका उम्मेदवार अमित पौडेललाई जिताएमा आफ्ना माग र आवश्यकता पुरा हुनेमा विश्वस्त रहेको उनीहरुले बताएका छन् ।
पछाडी परेका वस्तीहरुमा कृषिमा लगानी, स्वरोजगार, महिलाहरुको सीप विकास तालिम तथा व्यवसायमा आवद्ध, अपांगता भएका व्यक्तिहरुको रोजगारी संगै आर्थिक संमृद्धि, फुसको छाना हटाउने, धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गरि उनीहरुलाई सुगम बस्तीको आभास गराउने खालका महत्वपूर्ण योजना आफ्नो कार्यकाल भित्र गरेरै छाडने वडाध्यक्षका उम्मेद्वार पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया