कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ मा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने वडाध्यक्षका उम्मेद्वार चेतनारायण ढकालले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार ढकालले अधिकांश वडावासीहरु कृषि पेशामा आश्रित भएकाले कृषिमा आधुनिकिरण गरि व्यवसायीक कृषि तर्फ आकर्षक गर्ने विशेष योजनाका साथ लाग्ने बताउनुभयो ।
विगतमा एमालेका जनप्रतिनिधि नभएकाले विकासका थुप्रै कामहरु बाँकी रहेकाले ती काम पुरा गर्न एमालेका जनप्रतिनिधि आवश्यक रहेकाले जिताउन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडावासीको आवश्यकता र माग अनुसार वडाका विकास निर्माण लगायत सम्पुर्ण योजना कार्यान्वयन गर्ने बताउनुभयो । विभिन्न संघ संस्थाको नेतृत्व गरि अनुभव संगालेका व्यक्तिलाई उम्मेद्वारको रुपमा पाउँदा मतदाता खुसी भएका छन् ।
प्रतिक्रिया