१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

वाणगंगाको सुकुम्वासी समस्या सदाका लागि समाधान गर्छौ : मेयरका प्रत्यासी अर्याल



मायादेवी अनलाइन, कपिलवस्तु

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका भित्र बसोवास गर्ने भूमिहिन सुकुम्बासीका समस्या आफुले रामै्रसंग बुझेकाले सकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । अर्यालले सुकुम्बासीका समस्या प्रति आफु गंभिर रहेकोले नगर प्रमुखमा आफु विजयी हुँदासाथ नगरको सुकुम्वासी, अव्यवस्थित बसोवासका समाधानका लागि आफुले कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

अर्यालले बाणगंगा नगरभित्रको खेतीयोग्य जमिनको उचित ब्यवस्थापन गर्दै कृषिजन्य वस्तुको उत्पादकत्व वृद्धिका लागि सिचाईको उचित ब्यवस्था, उन्नत विउविजन, मलखादको ब्यवस्थापन गर्दै कृषकलाई, अनुदान, सहुलियत कर्जा जस्ता प्याकेज मार्फत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताउनु भयो । मेयर उम्मेदावर अर्यालले नगर भित्रका सबै क्षेत्रको समुचित विकासबाट मात्र आफुहरुले चाहे जस्तो समृद्ध नगर, सुखी वाणगंगा बनाउने संकल्प पुरा हुने बताउनुभयो । त्यसका लागि जनप्रतिनिधीको इमान्दारिता, तिव्र विकास प्रतिको चाहना आवश्यक रहेको चर्चा गर्दै आफुले जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न अथक मेहनत र सहकार्य गर्ने दावी गर्नुभयो । अर्यालले आफुले नगरको उपप्रमुख हुदा जनताबाट सिकेका सिकाई, उपलब्धी र सोचलाई नगरवासीको हितमा प्रयोग हुने विश्वास ब्यक्त गर्नुभयो । मेयरका प्रत्यासी अर्यालले संचारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले सबै जातजाति वर्ग समुदाय बीचको भाइचारा एकता, सदभाव कायम गर्दै वाणगंगा नगरपालिकालाई एउटा सबै जातिको पहिचान झल्कने र सबैले अपनत्व ग्रहण गर्ने नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ४ : ३२ बजे