कपिलवस्तु ।
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बैशाख २५ गते सुचना जारी गर्दै बैशाख २७ गते मध्यरात देखि निर्वाचनको परिणाम नआउँदा सम्मका लागि जिल्लामा मदिरा बिक्री बितरण निषेध गरिएको बताए ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका,२०७८ को दफा ७१ मा भएको व्यवस्था बमोजिम मादक पदार्थ निषेध गरिएको हो ।
मंगलबार राति १२ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाईएको हो । सो अवधिमा मादक पदार्थ बिक्री बितरण र सेवन नगर्न भनिएको छ । यदि कोही कसैले मादकपदार्थ बिक्री वितरण र सेवन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी मिश्राले बताए ।
प्रतिक्रिया