कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष पदका उम्मेद्वार यम प्रसाद पोख्रेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवश्यकता रहेकाले आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ ।
घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १० का अध्यक्षका प्रत्यासी यम प्रसाद पोख्रेलले वडा भित्र मावि विद्यालय समेत नरहेको अवस्था रहेको चर्चा गर्दै आफुले पहिलो वर्षमै मावि तहको विद्यालय संचालनमा लागि प्रयत्न गर्ने, वडा भित्रका सडक निर्माण, सिचाई ब्यवस्थापन, खानेपानि समस्या भौतिक पूर्वाधारमा आफुले उचित ध्यान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी पोख्रेलले सडकका दुवै साइडमा सडक वत्ति जडान गर्ने, वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
उहाँले मतदाताहरुसंग भोटकोे सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सोहि क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि जुबर्दा मुसलवानको टिम लगायत दर्जनौ एमालेमा प्रवेश गरेका छन् । सो क्रममा १५ सय बढी नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थितीमा विशाल ¥याली गरिएको थियो । जस्ले गर्दा वडामा एमाले बलियो बनेको छ । कोरिया चोक बाट सुरु भएको र्याली पटनाको सम्पुर्ण गाउँ गल्ली परिक्रमा गरि कोरिया चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।
बाणगंगाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगाको पटना एवम् सिंगो वडा नं. १० लाई विकासको मूल प्रवाहमा छिट्टै जोडने बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले पटनालाई विकासको मूल प्रवाहमा जोडर्दै समृद्ध नगर निर्माण गर्ने दायित्व आफुहरुले पुरा गर्ने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिदै नगर भित्र र अझ बढी पटनामा देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो मुख्य प्राथमिकतामा रहेको दावी गर्नु भयो । अर्यालले सडक कालोपत्रे, पुल, पुलेसा, सिचाई, शिक्षा जस्ता समस्या पटनाम अहिले पनि ज्वलन्त रहेको चर्चा गर्दै समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने कार्यमा आफु अवरात्र जनताको साथमा रहने बताउनु भयो ।
प्रतिक्रिया