कपिलवस्तु ।
कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका मुटुको रुपमा रहेको वडा नं. ४ का वडाध्यक्षका पदका उम्मेद्वार छवि रेश्मी जनताको सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रीनुभएको छ । युवाहरुको सर्वाधिक रोजाईमा पर्न सफल रेश्मी उम्मेद्वार पाउँदा मतदाताले खुसी व्यक्त गरेका छन् । वडावासीलाई समस्या पर्दा जति बेला पनि समस्याको समाधान गर्न तयार रहने उम्मेद्वार पाउँदा उनीहरु भोट हाल्न उत्सुक देखिन्छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षका पदका उम्मेद्वार रेश्मी घरदैलो कार्यक्रम सकिएसंगै मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ ।
उहाँले वडाका हरेक बाटोलाई धुलो र हिलो मुक्त बनाई सहज रुपमा यात्रा गर्न सक्ने, गास, वास, कपास र शिक्षाको आवश्यक प्रबन्ध गर्ने, विभिन्न सीपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने, पछाडी परेका महिलाहरुलाई सामाजिकसंगै आर्थिक रुपमा अब्बल बनाउने लगायत विभिन्न योजनाहरुलाई पुरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।
भेटघाटका क्रममा वडाध्यक्षका उम्मेद्वार रेश्मीलाई मतदाता भन्छन्, यत्तिको अनुभव भएको र युवा उम्मेद्वार पाउँदा हामी खुसी छौँ, ‘विकासको आशा छ पुरा गर्नुहोला’ । रेश्मीले वडावासीका हरेक माग र आवश्यकताको आधारमा वडाका हरेक योजना बनाउने बताउदै वडावासीलाई स्थानीय सरकारको अनुभुती हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया