१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सामुन्द्रिक आँधीः जलवास्पयुक्त हावा नेपाल प्रवेश, यस्तो छ तीन दिनको मौसम



काठमाडौँ ।

तीन दिनअघि दक्षिणी बंगालको खाडीमा विकसित भएको ‘असानी’ नामक सामुद्रिक आँधीको असर मंगलबार बिहानबाट नेपालमा पनि देखा परेको छ । असानीसँगै स्थानीय र पश्चिमी वायुको पनि प्रभाव पर्दा बिहानैदेखि मधेस प्रदेश र काठमाडौंसहित अन्य पहाडी भूभागमा बदली भएको छ ।‘जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेको छ, सामुन्द्रिक आँधीको आंशिक प्रभाव पनि हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले नयाँपत्रिकासँग भनिन्, ‘पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा हावाहुरी चल्ने सम्भावना रहन्छ ।’

महाशाखाले आगामी तीन दिनको मौसम आँकलन गरेको छ । जसअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसोभन्दा राति मौसम अझ प्रतिकूल हुने देखिन्छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार पनि वर्षा पूर्वी र मध्य नेपाल केन्द्रित हुने देखिएको छ । प्रदेश १, बागमती र लुम्बिनीमा मध्यम वर्षाको आँकलन महाशाखाले गरेको छ ।बिहीबार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान मध्यमसम्मको वर्षा हुने र कर्णाली र सूदुरपश्चिममा हल्का वर्षा हुने ठानिएको छ ।भारतको मौसम विज्ञान विभागको पछिल्लो बुलेटिन अनुसार यो आँधी उत्तरपश्चिम भएर अगाडि बढिरहेको छ, आज ओडिशा र आन्ध्रप्रदेशमा भारी वर्षा हुनेछ ।


मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन


निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिइसकेको छ।जल तथा मौसम विज्ञान विभागले आइतबार चुनावी मौसम प्रक्षेपण गरेको थियो । जसअनुसार असर ३० वैशाख अर्थात् स्थानीय तह मतदानको दिन काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश १ मा सामान्यदेखि मध्यम वर्षा हुने आकलन गरिएको छ । साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानको दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसममका लागि मतदान हुने सबै मतदान केन्द्रमा पालरत्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न भनिएको छ ।आयोगले समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो । समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई पनि निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : ३८ बजे