दाङ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए। उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए।
प्रतिक्रिया