कपिलवस्तु ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको सोमबार राति एक बजे निधन भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।
उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।
निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढने उनले बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।
यसभन्दा अगाडी कपिलवस्तुमा बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो । एमाले उम्मेद्वार तिवारीको उपचार गरेर घर फर्कनेक्रममा निधन भएको हो ।
प्रतिक्रिया