१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

वडाबासीले रुचाएका हुमनाथ, मत माग्न घरदैलोमा व्यस्त



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेद्वार हुमनाथ पौडेल भोट माग्न घरदैलोमा व्यस्त छन् ।

आउँदो बैशाख ३० गतेका लागि वाणगंगा नगरपालिकाको चार दलीय गठबन्धनका साझा उम्मेद्वार रहेका पौडेल नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा लडेका छन् ।

वडाका स्थापित नेता पौडेल आसन्न बैशाख ३० गतेको निर्वाचनमा वडा नं. ८ का बलिया उम्मेद्वार हुन् ।

जनताको सेवामा जीवन समर्पित गरेका पौडेलले घरदैलोमा पुग्दा जन समर्थन अपार पाएका छन् । सबैजसो घरमा मत माग्न पुगेका पौडेलले पार्टी जुनसुकै भएपनि एक पटक आफुलाई जिताएर हेर्न आग्रह गरेका छन् ।

वडाको मुहार फेर्नका लागि आफुले वडाध्यक्षमा उम्मेद्वारी दिएको बताउने पौडेललाई मतदाताले यो पालि जिताएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अरु पार्टीबाट उठेका उम्मेद्वार भन्दा पौडेल वडाका बलिया उम्मेद्वार हुन् ।

नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जसपा नेपालका साझा उम्मेद्वार पौडेल पार्टीका हिसाबले कांग्रेस, एमाले भन्दा अलि कमजोर हुन् । यद्यपि आम मतदाताले उनलाई बलियो उम्मेद्वारका रुपमा हेरेका छन् । बोडगाउँ निवासी पौडेल विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।

एमाले भित्र टिकट वितरणमा देखिएको विवादले पौडेललाई फाइदा पुग्ने धेरैको अनुमान छ । राप्रपाका उम्मेद्वार पनि बलिया रहेकाले एमाले र कांग्रेसका मत काटिनेमा गठबन्धन विश्वस्त छ । कांग्रेसको पार्टी संगठन एमालेभन्दा कमजोर रहकाले वडा नं. ८ मा एमालेसंगै गठबन्धनको प्रतिस्पर्धा छ ।

एकीकृत समाजवादीको वाणगंगा भित्र राम्रो सहभागीता रहेको वडा मध्ये यो पनि एक हो । जसपाको पनि यहाँ राम्रो जनमत छ भने राष्ट्रिय जनमोर्चाको विगत देखि नै यहाँ राम्रो उपस्थिति छ ।

वडाध्यक्षका उम्मेद्वार पौडेलले निर्वाचनमा जित हार स्वभाविक भएको बताउँछन् । उनले जिते राम्रो हुने र हारेपनि वडावासीकै सेवामा रहने बताए । वडा नं. ८ का जनता सक्षम र सचेत भएकाले पनि पाको र व्यवहारिक उम्मेद्वार जनताले चिनेको पौडेलले जनाए ।

पौडेलले वडाको शैक्षिक विकास र वडावासीका सना, ठुला समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले कुनै प्रलोभनमा नपरि सच्चा र कर्मठ चार दलीय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अभिभावक समक्ष आग्रह गरे ।

पौडेलसंगै वडामा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर उम्मेद्वार रहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९ सोमबार ००:००  ९ : ०९ बजे