मायादेवी अनलाइन, जितपुर ।
निर्वाचनमा मेयर, उप-मेयर एवम् वडाध्यक्षको चर्चा चलिरहेकै हुन्छ । तर, वाणगंगा नगरपालिका वडा नम्बर ८ मा भने गठबन्धनका साझा वडा सदस्य उमेदवार कमल बेल्वासेको चर्चा चलेको छ ।
राजनीतिको केन्द्रविन्दु मानिने वडा ८ मा वडा सदस्य उम्मेदवारी दिएर निर्वाचनमा होमिएका बेल्वासेलाई महत्त्वको साथ हेरिए पछि वडाभरी बेल्वासेको चर्चाले तहल्का पिटेको छ । विद्यार्थी राजनीतिबाट अगाडि आएर उम्मेदवारी दिए पछि सबैले साथ दिएका छन् । २०५३ सालमा जन्मिएका बेल्वासे कान्छो वडा सदस्यका उम्मेदवार हुन् ।
अनेरास्ववियू बाणगंगा बहुमुखी क्याम्पस लैगाईका क्याम्पस कमिटी अध्यक्ष भएर विद्यार्थीको साथबाट राजनीतिमा होमिएपछि २०७३ सालको स्ववियु निर्वाचनमा सभापतिमा उनको चर्चाले बजार तताएको थियोे ।
बेल्वासे अहिले मतदातालाई आफ्ना एजेन्डा सुनाउदै घरदैलो अभियानमा ब्यस्त छन् । कान्छो वडा सदस्यका उम्मेरवार समेत रहेका बेल्वासे वाणगंगा नगरपालिकाको वडा नम्बर ८ मा संयुक्त ४ दलीय गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)बाट उम्मेद्वारी दिएका छन् ।
आफु लामो समय विद्यार्थी राजनीतिमा काम गरेकोले पनि आफ्नो पक्षमा माहोल राम्रो भएको उनी बताउँछन् । घरदैलोका क्रममा जनताबाट अपार माया पाएको भन्दै मतदाताले आफुलाई भोट दिने र निर्वाचित गराउने उनको भनाई छ ।
प्रतिक्रिया