१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लाइसेन्सको नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने



काठमाडौँ ।

सवारी चालक अनुमपति पत्र ९लाइसेन्स० को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’

कम्पनीहरूले पनि चासो देखाएका छन्। यूएईको एअर अरेबिया र फ्लाई दुबाईले उडानका लागि तयारी गरिरहेको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताए। ‘उडान हुने मिति त तय भएको छैन,’ उनले भने, जेठभित्रै दुवै एयरलाइन्सले उडान भर्ने सम्भावना छ।’

उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो ।’ विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ । जवकि वैशाख तेस्रो साता वित्दा १ लाख ९० हजार लाइसेन्स प्रिन्ट ९छाप्न० गर्नै बाँकी छ । अहिले दैनिक ६ हजारका दरले लाइसेन्स छाप्ने काम भइरहेको छ । यही संख्यामा लाइसेन्स छाप्दा वैशाखभित्र सक्न मुस्किल पर्ने छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार उपत्यका बाहिरका कार्यालयहरुको पुरानो लाइसेन्स प्रिन्ट गरिसकिएको छ ।

सन् २०२१ को सबै लाइसेन्स प्रिन्ट सकिसकेको छ । सन् २०२२ को मात्र बाँकी रहेको उनको भनाइ छ । लाइसेन्सका लागि आवेदन दिएकाहरुलाई सन् २०२४ नोभेम्बरसम्म समय तोकिएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको दाबी छ । अब पहिलाको जस्तो लामो समय लाइसेन्सका लागि पर्खिनु नपर्ने उनको भनाइ छ । आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि प्रक्रिया अर्थात लिखित र ट्रायल परीक्षा अघि बढाउने गरी कार्यालयले बोलाउने छ । त्यस्तै नवीकरण लाइसेन्सको पनि प्रक्रिया थालेको तीन सातामा काठमाडौंमा र उपत्यका बाहिर एक महिना भित्र उपलब्ध गराइने उनले बताए । आवेदन दिने बेला नै देशभरका यातायात कार्यालयमा कति जनाले लाइसेन्स परीक्षा दिन सक्छन् भन्ने कुरा आवेदकहरूले अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिँदै छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  २ : ५७ बजे