१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

खेलाडी प्रशिक्षक विवादबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक बस्दै



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।

एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ ।

राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हटाएपछि सुरु भएको विवाद दुइ साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरुले कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेका छन् ।

प्रशिक्षक अल्मुताईरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।फुटबल टिम विवाद बारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेवसाईटमा सार्वजनिक गरे पनि पाँच मिनेट नबित्दैहटाएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  १२ : ४९ बजे