९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको विकासमा राजनीतिक सदभावको खाँचो : मेयरका उम्मेद्वार अर्याल



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार चक्रपाणी आर्यालले नगरको समग्र विकासका लागि राजनीतिक सदभावको आवश्यकता रहेको बताउनु भएको छ । आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रमुखमा र आफु उपप्रमुखमा निर्वाचित भएपनि विकास निर्माणका कार्य राजनीतिक सद्भावका कारण मात्र सम्भव रहेको बताउनुभयो ।

अर्यालले निर्वाचनका बेला मात्र राजनीतिक दलको प्रतिनिधिको रुपमा अगाडि आएपनि निर्वाचित भएपछि सबै नगरवासीको साझा प्रतिनिधी बनेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्य राजनीतिक दलका उम्मेद्वारहरुले विकासको दृष्टिले बाणगंगा पछाडी रहेको बताएका थिए भने एमालेका उम्मेद्वार अर्यालले बाणगंगा अन्य स्थानीय तहको तुलनामा विकसित रहेको बताउनुभएको थियो । अर्यालले बाणगंगाले आफ्नो पहिचान प्रदेश तथा संघीय सरकारमा पनि बताएको बताउदै अझै चौतर्फी विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।
आफु उप प्रमुख हुंदा नगरको पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रमा विकास गरेको बताउदै त्यसलाई पुर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अघिल्लो बर्ष बसपार्क, फोहोरमैला ब्यबस्थापन तथा बसपार्क जस्ता महत्वपुर्ण विकासका कार्य प्रतिवद्धता पत्रमा भएता पनि यसको दिगोपनका साथ आफु निर्वाचित भएपछि पुरा गर्ने बताउनुभयो । मेयरका उम्मेद्वार अर्याललाई सहभागीबाट कुनै पनि प्रश्न आएका थिएनन् ।

त्यस्तै उपमेयरकी उम्मेद्वार रीता थारुले विभिन्न कारणले पछाडी परेका महिलाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रमा अगाडि ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा विभिन्न सामाजिक संघ संस्था, सहकारी, वित्तिय संस्थाहरुमा कार्य गरेको अनुभव रहेकाले नगरका हरेक नागरिकको आवश्यकता र माग अनुसार अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  ११ : ४८ बजे