मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष उम्मेद्वार जयकरण थारु एउटा यस्ता अभागी नेता हुन्, जो गोलाप्रथाबाट पराजित हुन पुगे ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा खुल्ला सदस्यमा एमालेका रामप्रसाद थारु र उनको मत बराबर आएपछि गोलाप्रथा थुत्दा उनी पराजित हुन पुगेका थिए । उनी दुवैले १२ सय ८०/१२ सय ८० मत ल्याएका थिए ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वाणगंगाको चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा उठेका थारु बलिया उम्मेद्वारको रुपमा खडा भएका छन् ।
वडा भित्र हरेकका घरघरमा पुगेर मत मागेर थारु भेटघाटमै व्यस्त छन् । सालिन, अनुशासित र विकासप्रेमीका रुपमा चिनिएका थारु वडाध्यक्षमा निर्वाचित हुनेमा गठबन्धन ढुक्क छ । उनका प्रतिस्पर्धी भन्दा उनी हरेक ढंकले अगाडी देखाएको वडाबासी बताउँछन् । शुसासनको प्रश्नमा उनी सजक रहने नेताका रुपमा उनलाई वडाबासी चिन्दछन् ।
माओवादीका नेता समेत रहेका थारुले वडाको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । बाटोघाटो, पुलपुलेसा, शिक्षा, स्वास्थ्य लगायतमा उनले गरेको कामलाई वडाबासीले मुक्तकण्डले प्रशंसा गर्छन् । पार्टीको वलियो आधार भन्दा पनि व्यक्तिगत मतले उनले चुनाव जित्ने अधिकांशको आंकलन छ । थारु समुदायको बाहुल्यता रहेको वडा नं. ५ मा एमाले र कांग्रेसले पहाडीया समुदायबाट उम्मेद्वार खडा गरेका छन् ।
गएको स्थानीय चुनावमा गोलाप्रथाबाट चुनाव हारेपनि थारु निरन्तर जनताको बीचमा बसेर काम गर्नु चुनाव जित्ने बलियो आधार हो । कसैसंग रिस, डाह र इष्र्या नपाल्ने उनको प्रवृत्तिलाई विपक्षी दलका नेताले पनि मन पार्छन् । गोलाप्रथाको नजिता सहजै स्विकार गरेका थारुले ५ बर्षभर कसैसंग बैरभाव राखेनन् । बरु निर्वाचित जनप्रतिनिसंगै रहेर वडाको विकासमा थारु तल्लिन बने ।
नगरका उप-प्रमुखका उम्मेद्वार कमल भट्टराईको वडा भएको कारण पनि थारुको जितको अर्को बलियो आधार हो । नेकपा (एकीकृत समाजवादी)को प्रभाव पनि यहाँ राम्रो छ । राष्ट्रिय जनमोर्चा पनि यो वडामा बलियो नै छ । जसपा, नेपालको पनि केही मत छ । सबै दलहरुको मत र आफ्नो व्यक्तिगत मतको आधारमा थारुले वडामा चुनाव जित्ने माओवादीका नेता समेत रहेका वडा नं. ५ निवासी विष्णु बेल्वासे बताउँछन् ।
यस वडामा राष्ट्रिय जनमोर्चाबाट खुल्ला सदस्यमा घन बहादुर चुँदाली, महिला सदस्यमा खुमादेवी आचार्य, एकीकृत समाजवादीबाट दलित महिला सदस्यमा मीना नेपाली, जसपा नेपालबाट खुल्ला सदस्यमा चोपलाल खनाल उम्मेद्वार बनेका छन् । उनीहरु सबै हसिया हथौंडा चुनाव जित्नबाट लड्दै छन् ।
प्रतिक्रिया