मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले विकासको पर्यायवाची एमाले भएको दावी गर्नुभयो ।
प्रदेश सभा सदस्य पन्थीले विकासका मामलामा एमालेसंग कसैले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गर्दै एमाले सरकारको पालाबाट स्थानीय तहमा ३ लाख बजेटबाट शुरु गरिएको आफ्नो गाउँ आफै बनाउ अभियान अहिले आएर अर्वको बजेट पुगेको दावी गर्नुभयो ।
नेता पन्थीले अहिले देशनै एमालेमय बनेको तर्क गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाणगंगामा एमालेका उम्मेद्वारले विजय हासिल गर्ने दावी गर्नुभयो । युवा नेता पंथीले छोटो समयमै वाणगंगाले प्रदेशकै समृद्ध नगरको रुपमा आफुलाई चिनाउने दावि गर्नुभयो ।
नेता पन्थीले एमाले बाणगंगा वडा नं. ४ को घरदैलो अभियानका क्रममा यस्तो धारणा राख्नु भएको हो ।
प्रतिक्रिया