मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आसन्न बैशाख ३० को निर्वाचनको लागि बनेको गठबन्धनका उम्मेद्वार घरदैलोमा व्यस्त छन् ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार भोट माग्दै निरन्तर घरदैलोमा व्यस्त भएका हुन् ।
नगर प्रमुखका उम्मेद्वार क्षेत्र बहादुर खत्री र उप प्रमुखका उम्मेद्वार द्रोण बहादुर पुन (दिनेश)ले पालिका अधिकांश वडामा घरदैलो सकिसकेको गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक मीना परियारले जानकारी दिनुभयो ।
घरदैलोमा जादा नगरबासीको उत्साह थपिएको भन्दै शिवराजमा वामगठबन्धनको जित सुनिश्चित रहेको नेताहरुको दाबी छ ।
अनुभवि, दक्ष नेतृत्व चयन गरेको शिवराजको बामगठबन्धनले यो निर्वाचनमा नगर प्रमुख, उप प्रमुख र वहुमत वडा जित्ने आंकलन गरेको छ । शिक्षा, स्वास्थ्य, स्वरोजगार, विकास निर्माणमा स्पष्ट मार्गचित्र कोरेर चुनावी अभियान थालेको बामगठन्धन प्रति शिवराजबासीको समर्थन दिन प्रतिदिन बढीरहेको छ ।
प्रतिक्रिया