१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माओवादी केन्द्रले भन्योः धर्मराज भट्टराई साधारण सदस्य समेत होइनन्, गलत प्रचार गरियो



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुले धर्मराज भट्टराई पार्टीको साधारण सदस्य समेत नरहेको प्रष्टिकरण दिएको छ ।

बाणगंगा नगरपालिका वडा न. ७ मा भएको चुनावी सभामा माओवादी त्यागेर एमाले प्रवेश गरेका भट्टराई प्रति माओवादी केन्द्रले प्रष्ट पार्दै यस्तो प्रष्टिकरण दिएको हो ।

मिडियामा भट्टराई माओवादी त्यागेर एमालेमा आएको भन्ने समाचारको खण्डन गर्दै माओवादीले जिल्लामा भट्टराईको पार्टी सदस्य समेत नरहेको बताएको छ ।

माओवादी पार्टीमा संघीय संरचना अनुसार जिल्ला समन्वय समिति रहेको तर सचिवालय नै नरहेको बेला भट्टराईलाई सचिवालय सदस्य समेत गराइएको भन्दै उक्त पार्टीले आपत्ति जनाएको छ ।

‘माओवादीका जिल्ला कार्यालय सचिव सरोज खनालले भने, भट्टराई पार्टीको सदस्य समेत होइनन्, सचिवालय सदस्य त हुने कुरै भएन् । उहाँ पार्टी समर्थक हुन सक्नु होला ।’

निर्वाचनको मुखैमा अनर्गल प्रचार गर्न थालिएको भन्दै माओवादीले आपत्ति समेत जनाएको छ ।

हल्लाका आधारमा समाचार संप्रेषण नगर्न एमालेलाई चेतावनी दिदै माओवादीले पत्रकारको विल्ला भिरेर समाचार नलेख्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  ३ : १३ बजे