मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले किसानलाई पहिलो प्राथमिकता राखेर चुनावी घरदैलो तिव्र पारेका छन् ।
चार दलिय गठबन्धनबाट वडाध्यक्षमा साझा उम्मेद्वार बनेका अर्याल निवर्तमान वडाध्यक्ष पनि हुन् ।
आफ्नो ५ बर्षे कार्यकालमा प्रशंसनीय काम गरेर वडाबासीको मन जितेका अर्यालले यो चुनावमा किसानलाई अनुदान वितरण र कृषि पकेट क्षेत्र बनाउने गरी आफ्नो मुख्य प्रतिवद्धता जनाउने गरेका छन् ।
कृषि उत्पादनको प्रयाप्त संम्भावना रहेको यस क्षेत्रमा हरेक कृषकलाई उत्पादनमुखी बनाएर आर्थिक विकासको लक्ष्य हासिल गर्ने अर्यालको लक्ष्य छ ।
घरदैलो तथा मतदात भेटघाटमा बोल्दै वडा अध्यक्षका उम्मेद्वार अर्यालले योजनामा रहको अधुरा कामलाई पुरा गर्न आफु पुनः वडा अध्यक्षमा उठेको जनाएका छन् । पार्टीले आफुलाई पुनः वडा अध्यक्षका रुपमा अघि सारेकाले वडालाई समृद्ध बताउदै सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङ्कन गरेको बताउँदै लामो समयसम्म समाजसेवा गरेको उम्मेद्वार भएकाले जित निश्चित रहेको उनको दाबी छ ।
चुनाव चिन्ह हसिया हथौंडाबाट वडाध्यक्ष अर्यालसहित यस वडामा वडा सदस्य धुव चन्द्र थारु, गंगा राम मगर, महिला वडा सदस्य लक्ष्मी थारु, दलित महिला सदस्य तिलकुमारी परिवार चुनावी मैदानमा छन् ।
बैशाख ३० को निर्वाचन नकिकिदै जादा घरदैलो कार्यक्रममा पनि अर्यालले बलियो समर्थन प्राप्त गरेका छन् ।
प्रतिक्रिया