१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार झेँडीको प्राथमिकता कृषि, शिक्षा र स्वास्थ्य



मायादेवी अनलाइन, वाणगंगा ।
चार दलिय गठबन्धनका साझा उमेद्वार टेक बहादुर झेँडीले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर चुनावी प्रचार अभियान गरिरहेका छन् ।

वाणगंगा नगरपालिका वडा नं. ३ का वडाध्यक्षमा उम्मेद्वार झेडीले आम मतदातालाई घरमा भेट्दै वडाको समग्र विकासमा आफुलाई मत दिएर एक पटक हेर्न आग्रह गरेका छन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै जादा उनले वडा शिक्षा, कृषि र स्वास्थ्यमा पछाडी परेको भन्दै यी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेद्वार झँेडीले ‘वडावासीको कृषि, शिक्षा र स्वास्थ्यको विकास, मेरो वडाको विकास’ नारा समेत तय गरेका छन् ।

साथै वडाका सबै खाले समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको पनि उनको प्रतिवद्धता छ । निर्वाचनको सम्मुखमा उनले कुनै लोभ लालचमा नपरी सच्चा र र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन वडावासी समक्ष आग्रह समेत गरेका छन् ।

मतदाता भेटघाटमा महिला सदस्यका उम्मेद्वार अन्जु चौधरी, दलित महिला सदस्यमा सुन्तली परियार र खुल्ला सदस्यहरुमा सन्तलाल चौधरी र कनैंयालाल चौधरी गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् ।

भोट माग्न मतदाता संग पुगेका उनीहरुले ‘ब्यवस्था वदल्यौं’ वडावासीको अवस्था बदल्न आफुहरुको उम्मेद्वारी रहेकाले सम्पुर्ण वडावासीले मतदान गरेर विजयी बनाउन आपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  २ : ४२ बजे