मायादेवी अनलाइन, जितपुर ।
नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष पदका उम्मेद्वार कृष्ण प्रसाद पोख्रेलले वडा बनाउने जिम्मा आफ्नो काँधमा सुम्पीन सम्पुर्ण वडाबासी मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
चुनावी प्रचारप्रसारका क्रममा वडा न ८ मा भएको कोण शभालाई सम्बोधन गर्दै पोख्रेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मतदाताले आफ्नो अमुल्य मत प्रयोग गरेर जिताएमा वडा लाई नगरकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जाहेर गर्दै किसानका हरेक समस्याहरुलाई सुल्झाउदै बाणगंगा ८ वडालाई स्मार्ट कृषि जोन बनाउँने दाबि गर्नुभयो ।
पोख्रेलले प्रत्येक किसानलाई किसान कार्डको व्यवस्था गर्दै हरेक किसानको समस्या आफुले समाधन गर्ने संकल्प लिएको बताउनुभयो । त्यस्तै उहाँले वडाका सबै कुलो पक्की गरी सिचाई सुविधा प्रदान गर्ने र सिचाई सुविधा नुहँने ठाउँ–ठाउँमा बोर्डिङ्को व्यवस्था गर्ने समेत बताउँनुभयो । कृषिलाई आधुनिकरण गर्दै सम्मुनत र नमुना वडाको रुपमा परिचत गराउने योजना समेत रहेको बताउँनुभयो ।वडा भित्र मुख्य सम्स्याका रुपमा रहेको छाडा चौपायालाई व्यवस्थापन गर्न ठाउँ ठाउँमा कान्जी हाउस निर्माण गर्ने र त्यसलाई व्यवस्थित गर्ने समेत जानकारी दिनुभयो ।
साथै उहाँले आफुसंगै बाणगंगाका नगरपालिकाका बिभिन्न वडा र नगरको प्रमुख तथा उपप्रमुख पदका सम्पुर्ण उम्मेद्वारहरुलाई अत्याधिक मत प्रदान गरि नगरलाई कांग्रेसमय बनाउन पनी मतदाताहरु समक्ष अपिल गर्नुभयो ।
प्रतिक्रिया