९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भष्ट्राचार मुक्त वडा बनाउने नेकपा (एस) शिवराज ५ का अध्यक्षका प्रत्यासी पौडेलको प्रतिवद्धता



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका साझा उम्मेदवार सरोज पौडेलले पत्रकार सम्मेलन गरेर प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेलले चुनाव जितिसके पछि आफ्नो वडा भित्र खानेपानीको न्यूनतम शुल्कलाई निःशुल्क बनाउने र फोहोर व्यवस्थापन बापत उठाइने शुल्कलाई पनि निःशुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गठबन्धनका साझा उम्मेदवारको रूपमा रहेका पौडेल नेकपा (एस)बाट वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । शिवराज नगरपालिकाको केन्द्रको रूपमा रहेको चन्द्रौटा बजारलाई सुन्दरीकरण गर्नका लागि आफूले विभिन्न योजनाहरू ल्याउने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरी पौडेलले ५ बर्षे कार्यकालमा गर्ने योजनाहरू सार्वजनिक गर्नुभएको छ । जसको पहिलो नम्बरमा निष्पक्ष सेवा र सुशासन कायम गर्दै भष्टचार मुक्त समाजको निर्माण गर्ने उल्लेख गरिएको छ ।

वडाभित्र खानेपानीको न्यूनतम शुल्कलाई निःशुल्क गर्ने र विस्तार नभएका टोलमा विस्तार गर्ने, बजारको सरसफाइ बापतको लिइने शुल्कलाई निःशुल्क गर्ने पनि पौडेलले घोषण गर्नुभएको छ ।

बजारलाई सुन्दरी करण गरी चन्द्रौटा बजारमा बस पार्कको व्यवस्था र इ रिक्सा अटो रिक्सालाई व्यवस्थित गर्ने, नौडिहवा र रहटकोलमा व्यवस्थित खेलमैदान निमार्ण गर्ने, राइजिगं स्टार युवा क्लबको खेल मैदामा कवड हल निर्माण गर्ने रगंसालाको निम्ति पहल गर्ने पनि पौडेलले वडा बासी सामु प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

गुणस्तरीय शिक्षामा जोड दिँदै राष्ट्रिय माध्यमिक विद्यालयमा स्नातकोत्तर सम्मको कक्षा सञ्चालनमा पहल गर्ने, अग्रे जि माध्यमबाट पनि निःशुल्क शिक्षाको व्यवस्था गर्ने, वडा भित्रका अन्य विद्यालयको समग्र विकासका लागि आवश्यकताको मुल्याकंन गरी बजेटको व्यवस्था, विशेष क्षमता भएका विद्यार्थीका लागि वडाबाट छात्रा वृद्धिको व्यवस्था गर्ने, सहिद तथा बेपत्ता परिवारका सदस्यलाई रोजगारीको प्राथमिकतामा राख्दै एक घर एक रोजगारको व्यवस्था गर्ने ।

चन्द्रौटा बजारमा फ्रि वाई फाई र चोक तथा सार्वजनिक स्थलमा सि सी क्यामेरा र सडक बत्ती जडान, हाटबजारलाई सफा र व्यवस्थित गर्दै बजारमा सार्वजनिक शौचालयको व्यवस्था गर्ने, उद्यमशीलताको विकासका लागि उत्पादनमा जोड दिँदै विशेष तालिम र योजना बनाई व्यावसायिक बन्नका लाई सहयोग प्रदान गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि चिस्यान केन्द्रको निमार्ण, उत्पादित बस्तुलाई बजार मूल्य निर्धारण गरी नगरपालिकाले खरिद तथा वितरण गर्ने व्यवूथा मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सबैको चर्चामा र भरोसामा रहेका पौडेलले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

वडाबासीले पनि पौडेललाई साथ रहेको बताउँदै आएका छन् । पौडेलले चुनाव चिन्ह कलममा मतदान गरी आफूलाई विजय बनाउन आग्रह गर्दै गर्दा अधिकांश नागरिकहरू पौडेलकै पक्षमा छन् । शिवराज-५ मा वडा अध्यक्षमा सरोज पौडेलको जित निश्चित रहेको वडावासिको भनाई छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  १ : ४६ बजे