कपिलवस्तु ।
गत स्थानीय निर्वाचनमा वाणगंगा ७ को वडाध्यक्ष पदमा निर्वाचित विष्णु गिरी पुनः उम्मेदवार बनेपछि मतदातासंग घरदैलोमा व्यस्त हुनुभएको छ । गिरीको ५ वर्षे कार्यकाल उत्कृष्ट भएको भन्दै त्यसको निरन्तरताको लागि पार्टीले टिकट दिएपछि चुनावी प्रचार प्रसारमा गिरीको सकृयता बढेको हो । विगत ५ वर्षमा वडाको विकास र समृद्धिको लागि उत्कृष्ट काम गरेकाले वडा नं. ७ मा उम्मेदवार बिष्णु गिरी प्रति मतदाताको जनलहर बढ्दै गएको बताइएको छ । दैनिक मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार विष्णु गिरी र सदहस्यहरु जनताको घरदैलोमा पुगेर उनीहरुको आवश्यकता बुझेर आगामी कार्यकाल अझ उत्कृष्ट काम गर्र्ने प्रतिवद्धता गर्दै घरघरमा पुगेका छन् ।
विगतमा वडालाई सुन्दरीकरण, पर्यटकीय पहिचान र विकास, सडक विस्तार, पूर्वाधार विकास, विद्युतीकरण, दलित, महिला, युवाको सशक्तिकरण, ज्येष्ठ नागरिक सम्मान र क्षमता विकास, शिक्षा, स्वास्थ्यमा नमुना काम, कृषि र पशुपालन लक्षित सहयोग कार्यक्रम, टोल विकास संस्थाको प्रभावकारी परिचालन, फुलबारी, करेसावारी लगाएतका क्षेत्रमा उत्कृष्ट कार्य गरेर वडालाई छुट्टै पहिचान बनाउन सफल भएको गिरिले बताउनुभयो ।
नगरले विनियोजन गर्ने वडाको बजेट सिलिङ खर्च र प्रभावकारीतामा सधै एकनम्बरमा रहेको ७ नम्बर वडाले समयमै सम्पूर्ण कार्य सम्पादन गर्ने गरेको थियो । कार्यसम्पादन गर्ने वडाहरुमा पहिलो नम्बरमा रहेको ७ नम्बर वडाले ५ वर्षसम्म उत्कृष्ट र प्रभावकारी कार्य गरेको भन्दै नगरमै चर्चामा रहेको स्थानीय भिम थापाले बताउनुभयो ।
गत स्थानीय निर्वाचन पश्चात् लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल भएपछि वडाध्यक्ष गिरीले यसपाली आफुले जित्ने दावी गर्नुभएको छ । ५ वर्षमा आफुले उत्कृष्ट काम गरेपछि वडावासीको माया पाएको र आफप्रति जनलहर बडेको वडाध्यक्षका उम्मेदवार गिरीले बताउनुभयो । युवा, पर्खर बक्ताको रुपमा परिचित गिरी अन्य वडा भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनु भएको थियो ।
उहाँले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । आफु निर्वाचित भएपछि जनप्रतिनिधीको रुपमा सवैका साझा समस्या र आवश्यकतालाई सम्वोधन गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया