काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताउनु भएको छ ।
प्रजातान्त्रिक विचार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले गएको ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनुभयो ।
महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो । उहाँले कम्युनिस्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले कम्युनिस्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको अवसर खेर फालेकाले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताउनु भयो।
महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपङ्क्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया