कपिलवस्तु ।
दलित मानव अधिकार निगरानी समितिले बालश्रम रहित ईट्टा उद्योग लाई सम्मान गरेको छ । शिवराज नगरपालिकामा रहेका ४ ओटा उद्योगका संचालकलाई सम्मान पत्रले सम्मान गरिएको हो ।
यसरी सम्मानित हुने ईट्टा उद्योगमा स्टार इटा उद्योग,जनता ईट्टा उद्योग, डियमसि ईट्टा उद्योग र मनिस ईट्टा रहेका छन् । बाल अधिकार नागरिक संजालका अध्यक्ष विष्णु खतिवडाले इट्टा उद्योगमा बालश्रम रहित बनाउन उद्योगिहरुले सहयोग गरेको बताउनुभयो ।
कतिपय उद्योगमा अझै पनि केहि बालवालिकाहरु काममा रहेकोले ती उद्योगहरुलाई बालश्रम रहित बनाउनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका तथा दलित मानव अधिकार निगरानी समितिले उद्योगमा कार्यरत वालवालिकाहरुको लागि कक्षा संचालन गरिरहेकोले यसले वालश्रम मुक्त बनाउन सहयोग पुग्ने बताउनुभयो । सम्मान कार्यक्रमले उद्योगिहरुलाई सचेत गराउने भन्दै सबै उद्योगिलाई सचेत गराउँदै बालश्रम मुक्त उद्योग बनाउनुपर्नेमा जोड दिनुभयो ।
बाहीरी मुलकका पनि बालवालिकाहरु कार्यरत रहेकोले उनीहरुलाई अनौपचारिक कक्षा संचालन गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो ।
प्रतिक्रिया