४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

भरतपुरमा चुनाव जित्न गठबन्धनलाई कुनै अप्ठ्यारो छैन : प्रचण्ड



चितवन ।

सत्तारूढदल नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन्।

पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न चितवन आएका प्रचण्डले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका हुन्।

उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए।

स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोही पनि नेपालीलाई रहेको बताए।
‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैं लागेको छैन। निर्वाचन जित्न असहज छैन। धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले सञ्चारकर्मीसमक्ष भने।
भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।
चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकिकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २२ बैशाख २०७९ बिहिबार ००:००  २ : ०६ बजे