९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उज्यालो भलवाडका अभियान्ता पौडेल वडाध्यक्षको उम्मेद्वार बनेपछि मतदाताको विश्वास जित्दै



बाबुराम रायमाझी, कपिलवस्तु

शिक्षण पेशाबाट राम्रो छवि बनाउनु भएका कमल पौडेल वाणगंगा ९ को वडा अध्यक्ष पदको उम्मेदवार बनेपछि आफुले वडालाई योजनाबद्ध तरिकाले विकास गर्ने बताउनुभएको छ । नेकपा एमालेले सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेललाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएपछि वडावासी उत्साहित भएका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कमल पौडेल वडा अध्यक्ष पदको उम्मेदवार बनेपछि वडावासी मतदाता संग घरदैलो भेटघाट गर्दै असल र सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका ठाडामा जन्मिनुभएका पौडेल २०३६ सालदेखि राजनीति क्षेत्रमा प्रवेश गर्नुभएको हो । पार्र्टीको वडा कमिटि, नगर कमिटी हुंदै हाल जिल्ला कमिटि सदस्यमा रहनु भएको छ ।
पौडेलले वडाध्यक्ष पदमा निर्वाचित भएमा वडाको चौतर्र्फी विकास गर्दै समृद्ध वडा बनाउनका लागि लागिपर्ने बताउनुभयो । विगतमा भलवाड गाविसलाई उज्यालो बनाउने अभियानमा नेतृत्व गर्नुभएका पौडेल वडावासीबीच लोकप्रिय हुनुहुन्छ । उहाँले त्यतिवेला वडाका बासिन्दालाई उज्यालो पु¥याउन विद्युतीकरण कार्यक्रमलाई सफल बनाउनु भएको स्थानीय नेत्र खनालले जानकारी दिनुभयो ।
उहाँले विगतका जनप्रतिनिधीका अधुरा योजनाका कामलाई क्रमिक रूपमा पूरा गरि वाणगंगा ९ भलवाडलाई नमुना बनाउन योजनाबद्ध काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

वडा भित्र रहेको कृषियोग्य जमिनको व्यापक उपयोग गर्न पर्याप्त सिंचाई, कृषि उत्पादन र रोजगारीलाई जोडेर लैजाने बताउनुभयो । उहाँले वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकास गरी पर्यटकीय गन्तब्य बनाउन आफुले विशेष लगानी गर्ने बताउनुभयो । साथै वडाको शिक्षा, स्वास्थ्य, सडक, बिद्युत, सिचांइको क्षेत्रमा विशेष योजना बनाउने बताउनुभयो । त्यस्तै वडा कृषिका लागि उर्वरभुमी भएकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना सञ्चालन गर्ने बताउनुभयो । उम्मेद्वार पौडेलले भलवाड अधिकांश भाग नदी कटानले समस्या बनाएको हुँदा रोकथामका लागि तटबन्ध निर्माण, प्राकृतिक श्रोत साधन तथा नदीजन्य पदार्थको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभयो ।

वडाध्यक्षमा पौडेलसंगै महिला सदस्य पदमा केशरा गुरुङ, दलित महिला सदस्य पदमा बसन्ती गायन, खुला वडा सदस्य पदको उम्मेद्वारमा नुमलाल चौधरी र भिम बहादुर पुन चुनावी मैदानमा उत्रीनुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९ बिहिबार ००:००  १२ : २४ बजे