एजेन्सी ।
म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।
म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध नेत्री सुकीले अपिल गर्नुभएको थियो ।
७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोभिड–१९ नियम उल्लङ्घन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भङ्ग गरेको, भ्रष्टाचार गरेकोलगायतका आरोप छन् । अहिले सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ।
म्यानमारमा सेनाले सत्ता कब्जामा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियानमा भएका हिंसात्मक घटनामा एक हजार ८ सयभन्दा धेरै मानिसको ज्यान गएको र १३ हजारभन्दा धेरै पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।
प्रतिक्रिया