कपिलवस्तु ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाकी उप–मेयर पदकी उम्मेद्वार गिता भाटले पालिकामा हुने भ्रष्टाचार रोकथाम र महिला सशक्तिकरण पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भाटले शितगंगा नगरपालिकामा महिला उत्थानका लागि उल्लेखनीय काम गर्न नसकेकोले दिदि बहिनीहरुले अब महिला नेत्तृत्वलाई प्राथमिकता दिन अनुरोध गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित मतदाता भेटघाट तथा घरदैलो गर्दै कार्यकर्ताहरु माझ उपमेयरमा निर्धक्कका साथ महिला उमेद्वारलाई जिताउने गरि मतदान गर्न अनुरोध गर्नुभयो ।
नगरलाई सुशासन र समृद्ध बनाउन आफु योग्य उम्मेदवार भएकाले मतदाताको रोजाईमा परेको बताउनुभयो । नगरको उपप्रमुख पदकी उम्मेद्वार भाटले शितगंगा नगरपालिकामा बिभिन्न शिर्षकका करोडौ खर्च गरेपनि महिलालाई प्राथमिकता दिनेगरि कुनै काम गर्न नसकेकोले नगरपालिकामा महिलाको सहभागिता नहुँदा महिला झनै पछाडी परेको बताउनुभयो । नगरपालिकाका मेयरले नै सञ्चालन गरेको १२ लाखको मेयर उपमेयर कप खेलकुदमा समेत पुरुष लाई ५० हजार राशी र महिलालाई १० हजारको पुरस्कार दिएर विभेद गर्ने मेयर उपमेयरले अहिले पनि महिला नेतृत्व पराजित भएमा अवस्था झनझन कमजोर हुने भएकाले महिलालाई नेतृत्वमा ल्याउन आफ्नो अहम भुमिका रहने बताउनुभयो ।
उम्मेदवार भाट पार्टीको जनवर्गीय संगठन अनेमसंघ शितगंगा नगर कमिटिको सह ईन्चार्ज तथा अध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टीको जिल्ला कमिटी सचिवालय रहेर काम गर्नुभएको छ । नेकपा एमालेनै शितगंगामा समावेशीतालाई प्राथमिकता दिने पार्टी रहेकोले नेकपा एमालेले शितगंगामा महिलालाई वडा अध्यक्ष, दलितलाई वडा अध्यक्ष, खुल्ला सदस्य पदमा चुनावमा अगाडि सारेर समावेसी अब्बल सावित भएकाले एमालेको मतदिन अनुरोध गर्नुभयो । अन्य पार्टीका उम्मेदवारले तोकिएको सिटमा मात्र दलित र महिलालाई सिमित गर्दा महिला अधिकार कुण्ठित भएको बताउनुभयो ।
नगर उप प्रमुखमा निर्वाचित भएपछि भाटले भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरको प्राकृतिक स्रोत र साधन, वनजंगल, नदीजन्य पदार्थ, खनीजहरुको संरक्षण तथा प्रवद्र्धन, धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धनका लागि विशेष पहल गर्ने लगायतमा विशेष प्राथमिकता रहने बताउनुभयो । उहाँले विशेषतः पछाडी परेका महिलालाई सीप, क्षमता अभिवृद्धि, आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा नेतृत्व तहमा ल्याउनका लागि अहोरात्र प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया