प्यूठान ।
प्यूठानको झिमरुक गाउँपालिका( ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका(८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको थियो ।
शवलाई पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी रहेको डीएसपी थापाले बताए।
प्रतिक्रिया