१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आफ्ना उम्मेदवार नभएको स्थानमा एमालेविरुद्ध मतदानः एकीकृत समाजवादी



काठमाडौँ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गठबन्धन र एकल उम्मेदवार नभएको स्थानमा नेकपा एमालेका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले विभिन्न ५ वटा निर्णय गरेको महासचिव बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।’

एकीकृत समाजवादीले नेकपा एमालेलाई अवसरवादी र प्रतिगामीको आरोप लगाउँदै आएको छ।

१- महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने।

२- हामीसँग गठबन्धन भएका सबै पालिका एवं वडामा गठबन्धनका उम्मेदवार जिताउन लागि पर्ने।

३- हामीले एकल उम्मेदवारी दिएको स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागि पर्ने।

४- हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।

५- गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयास गर्ने।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  ११ : ५७ बजे