बुटवल ।
रुपन्देहीकी एक युवतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेकी हुन् ।
आचार्यले बुधबार बिहान आफ्नै घरमा भुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौँ जाने तयारी रहेको पारिवारीक स्रोतले जनाएको छ ।
प्रतिक्रिया