मायादेवी अनलाइन, तौहिलवा ।
कपिलवस्तु नगरपालिका वडा नं. ६ निवासी रफिक अन्सारी युवा नेता हुन् । नेकपा (एकीकृत समाजवादी)का कपिलवस्तु नगर अध्यक्ष समेत रहेका अन्सारी वडाध्यक्षका निम्ति मैदानमा उत्रिएका छन् ।
साविक तिलौराकोट गाविस हाल वडा नं. ६ मा रुपान्तरण भएको छ । सोही वडाको मुहार फेर्ने संकल्पसहित उनले वडाध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।
गौतमबुद्धले २९ बर्ष विताएको क्षेत्र यहीँ आसपास पर्छ । विश्वले चिन्ने तिलौराकोटलाई नेपालले भने चिन्न सकेको छैन् । शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, खानेपानी लगायतमा निकै पछाडी परेको यो वडा मानव सुचाकांङ्कमा पनि पछाडी नै छ ।
मधेसी, पहाडी, मुस्लिम, थारु लगायतको मिश्रित बसोबास रहेको यो वडालाई विकसित बनाउनका लागि ३० बर्ष भन्दा कम उमेरका अन्सारी राजनीति मैदानमा आएका हुन् ।
अन्सारी भन्छन्, ‘तिलौराकोट घर हो भन्दा जसरी विश्वमा गर्व लाग्छ, यहाँको विकास नियाल्दा उत्तिकै पिरलो ! जबसम्म राजनीतिमा युवाको हस्तक्षेप हुँदैन् तबसम्म यहाँको विकास हुँदैन् भन्ने ठानेर कलम चिन्ह मार्फत वडा अध्यक्षमा उठेको हुँ ।’
वडाबासीले नयाँ अनुहार चाहेको भन्दै आफ्नो जित निश्चित रहेको उनी बताउँछन् । सबैको मायाले यो निर्वाचन मार्फत वडाध्यक्ष हुनेमा उनी विश्वस्त छन् । बैदेशिक रोजगारको शिलशिलामा खाडीका विभिन्न मुलुक चाहरेका अन्सारी अब देशकै केहीँ गर्नुपर्छ भन्ने सोचमा छन् ।
तिलौराकोट बुद्धको राज दरबार भएकाले यहाँको पर्यटन विकास गर्न सके संसारका कुनै पनि देश भौतारिनु पर्ने अवस्था नआउने अन्सारीको तर्क छ ।
आसन्न बैशाख ३० को निर्वाचनमा वडाध्यक्ष अन्सारीसहित खुल्ला सदस्य पदमा भेषराज आचार्य, चिनक धोबी, खुल्ला महिला सदस्यमा तुलसी थारु, दलित महिला सदस्यमा सञ्जु कोरी राजनीति मैदानमा छन् ।
प्रतिक्रिया