काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
प्रवक्ता सिटौलाका अनुसार शंकास्पद वस्तु राखिएको भनिएको ठाउँलाई घेरेर राखिएको छ । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो । शंकास्पद वस्तुको आशंकापछि विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया