१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडाध्यक्षका उम्मेद्वार पौडेल भन्छन् : भोट दिनुस्, म विकास दिन्छु



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेलले मतदाताहरुसंग भोट माग्दै विकास दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेलले मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास दिन्छु’ ।

मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटनुभएका पौडेल शैक्षिक योग्यता र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । कपिलवस्तु सामुदायिक अस्पताल संस्थापन गर्ने काममा विशेष योगदान गरि ३ बर्ष कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेकाले स्वास्थ्य क्षेत्रको पनि ज्ञान छ । त्यस्तै हाल उहाँ कैलाश आश्रमको सचिव रहनुभएको छ ।

सि.ए.अध्ययन गरि शिक्षक पेशामा आवद्ध भई धेरै वालवालिकाहरुको भविष्य उज्ज्वल बनाउनुभएका पौडेल हरेक सामाजिक संघ संस्थाहरुको ब्यबस्थापनमा अब्बल हुनुहुन्छ । सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने बानी भएका पौडेल आफुले गरेको काम सफलतापुर्वक सम्पन्न गर्नका लागि जस्तोसुकै समस्या परेता पनि सामना गर्दै आउनुभएका पौडेल पारिवारिक दृष्टिले पनि असल र बौद्धिक व्यक्तिको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ ।

पुस्तौ देखि एमालेमा संगठित परिवारको सहयोग पाउनुभएका पौडेल दशकौदेखि राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आउनुभएको छ । मनकामना सामुदायिक वनको २ कार्यकाल अध्यक्ष भई जिम्मेवारी सम्हालिरहनुभएका पौडेल सुशासन, जवाफदेहीता र पारदर्शितामा अब्बल रहदै आउनुभएको छ ।
सानै देखि भ्रष्टाचारको विरुद्धमा उभिदै पैसा कमाउने धेरै अवसरहरुलाई ख्यालै नगरि विशुद्ध समाज सेवामा समर्पित रहदै आउनुभएको उहाँकी वृद्ध आमा योगमाया पौडेलले बताउनुभयो । पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटि कपिलवस्तुको संस्थापक अध्यक्ष समेत रहनुभएकी ७३ बर्षिया आमा पौडेलले सामान्य परिवारमा अर्घाखाँचीको शितगंगा १४ सिमलपानीमा जन्मिएको आफ्नो छोरोलाई परिवारले सधै साथ र सहयोग गर्दै आएकाले सफलता मिलेको बताउनुभयो । समाजसेवा गर्ने अठोटका साथ वडाध्यक्षमा उम्मेद्वारी दिएसंगै समाज रुपान्तरणका लागि भोट हाली जिताउनका लागि बृद्ध आमा पौडेलले आग्रह गर्नुभएको छ ।

उहाँका बुवा स्वर्गीय भवानी शंकर पौडेलले कम्युनिष्ट आन्दोलनमा गुर्नभएको योगदान र त्यागलाई सम्मान गर्दै देशको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपान्तरणको लागि राजनीतिमा सकृय भएको पौडेल परिवारको पहिचान वेग्लै छ ।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  ६ : २८ बजे