दाङ ।
इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका एक युवकको शव तीन दिनपछि निकालिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटीमा शनिबार बिहान इनार खन्ने क्रममा भत्किँदा तुलसीपुर १७ जमेराका २४ वर्षीय हरि चौधरी पुरिएका थिए ।
एक्स्काभेटरको सहायताले मंगलबार बिहान मात्रै उनको शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनी ४० फिट गहिरो इनारमा पुरिएका थिए ।
प्रतिक्रिया