काठमाण्डौ ।
मिक्सर मेशिनमा लुकाएर सुन ल्याएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
आज मङ्गलवार बिहान कुवेतबाट काठमाण्डौ आएका रुपन्देहीका २८ वर्षीय युवकलाई एक सय ग्राम सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । जाँचका क्रममा उनले ल्याएको मिक्सर मेशिनमा एक सय ग्राम सुन भेटिएको थियो ।
विदेशबाट आउँदा नेपालीले कानुनी रूपमा ५० ग्राम बराबरको सुनका गहना ल्याउन पाउने व्यवस्था छ ।
प्रतिक्रिया