मायादेवी अनलाइन, कोपवा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मा गठबन्धनका साझा उमेद्वार वडाध्यक्षमा राम प्रसाद बेल्वासे सहितको नेतृत्वले तलव भत्ताको ५० प्रतिशत रकम वडाको अति विपन्न र द्धिर्घरोगीलाई वितरण गर्ने घोषणा गरेको छन् । सो संगै वडामा महत्वपुर्ण योजनाहरु कार्यन्वयनको प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । गठबन्धनका उमेद्वारहरु साझा उमेद्वार भएको हुदाँ यसपाली दल बदल्न नपर्ने तर मन बदलेर भएपनी साझा उमेद्वार लाई सर्मथन गर्न सम्पुर्ण मतदाताहरुलाई आह्वान गरेका हुन् । उनले वडामा लोकप्रिय कार्यक्रम ल्याउने घोषणा समेत गरेका छन् । घोषणपत्र लिएर घरदैलोमा पुग्दा जनताको उत्साह पाएको समेत उनिहरुले जनाएका छन् ।
यस्ता छन् योजना
१. कृषिमा प्रोत्साहन स्वरुप पशुपालन तथा कृषकलाई कृषि प्राबिधिक राखी निशुल्क औषधीको व्यबस्थापन गरिने
२. दैनिक जसो हुने चोरीका घटना नियन्त्रण गर्न सड्क बतिको व्यवस्थापन गरि प्रत्येक चोक चोकमा सि सि क्यामेरा जडान गरिने
३. छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गर्ने
४. वडा अध्यक्ष तथा सदस्यले पाउने तलब भत्ता बापतको रकमको ५० प्रतिशत रकम राहत कोष स्थापन गरि वास्तविक पिडितलाई विपन्न वर्ग द्धिर्घरोगीलाई राहत वितरण गरिने
५. दुव्र्यसनी तथा लागु पदार्थ नियन्त्रण गर्नको लागि युवा लक्षित कार्यकम सचालन गरिने
६. युवा लाई लक्षित गरि स्थानिय स्तरमै स्वरोजार गराउन विभिन्न उत्पादन मुलक तालिम र कृषि अनुदान सक्रियता देखाइने
७. दलित पिछडिएका बर्ग प्रति समानता ल्याउन शिक्षा स्वास्थ र रोजगार मा बिशेष पहल हुनेछ ।
८. नदि कटानका जोखिम नियन्त्रण गरिने
९. नदि तटिय क्षेत्रका प्रभावित गाउँ बस्तीलाई नदिजन्य पदार्थबाट राहतको व्यवस्थापन साथै घररबाटो पुल निर्माणमा नि शुल्क व्यवस्था गरिने
१०. वास्तविक सुकुम्बासी लाई पहिचान गरि उनिहरुको नाममा लालपुर्जा दिलाउन पहल गरिनेछ ।
११. सम्पूर्ण सामुदायिक विद्यालयमा इन्टरनेट,बिजुली पानी, निशुल्क व्यवस्थापन
युवा खेलकुद लाई लक्षित गरि वडा भित्रका खेल मैदान लाई व्यवस्थित गराउने
१२. लक्ष्मणघाट मा रहेको बृद्ध आश्रम लाई ब्यवस्थित गरिने
१३. लक्ष्मणघाट, सोईलहवा, अमौलीकोट लाई बौद्ध सम्पदा संग जोडि पर्यटन प्रर्वद्धनका साथै लुम्बिनी विकास कोष मार्फत विकासका लागि जोड दिईने
लक्ष्मणघाट, भग्लापुर मा रहेको निर्माणाधिन पार्क तथा गाउँ गाउँमा वाल उधान बनाउने बालमैत्री वडा निर्माण गरिने
वडाभित्र रहेको विभिन्न क्षेत्रलाई करिडोर का रुपमा व्यवस्थापन गदै प्रर्यटकिय स्थल एवम पिक्निक को लागि आवश्यक बजेट विनियोजन गर्ने ।
१४. सामुदायिक विद्यालय मा शिक्षामा गुणस्तरका लागि विधार्थीको अनुपातमा दरबन्दी कायम गरिने
१६. सर्वसुलव गुणस्तरिय वैज्ञानिक सिपमुलक शिक्षामा जोड दिन सवैको रायका लागि सुझाव पेटिका मार्फत आएका सुझाव मार्फत योजना लागु गरिने ।
१७. टोल टोलमा सुझाव पेटिका राखी संकलित सुझावका आधारमा कार्ययोजना तयार गरिने लगाएतका योजना सार्वजनिक गरेका छन् ।
उमेद्वारहरुले घोषणा पत्र हचुवाको भरमा नभई कार्यान्वयन गर्नकै लागि छोटो र प्रभावकारी बनाएको बताउदै आएका छन् । परिवर्तनका लागि मत दिनुपर्ने उनिहरुको माग छ ।
प्रतिक्रिया