९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बर्षाका कारण नेपाल र जिम्बावे ‘ए’बीचको खेल रोकियो



काठमाडौं ।

नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी(२० शृंखलाको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४।३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८।५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  २ : २९ बजे