प्यूठान ।
चुनाव प्रचार गरेर फर्कंदै गर्दा भीरबाट लडेर प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेका प्रमुख भानुभक्त अर्यालले जानकारी दिए ।
रातको समयमा गाउँमा भएको चुनाव प्रचार गरेर फर्कंदै गर्दा फाउने पोखरी नजिकैको भीरबाट लडेर थापाको मृत्यु भएको हो ।
प्रतिक्रिया