९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : महानिरीक्षक सिंह



काठमाण्डौ ।

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउनु भएको छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सिंहले आपराधिक तत्वसँगको साँठगाँठलाई अन्त्य पार्ने र सङ्गठन सुधारका कार्यहरु लागू गर्ने बताउनु भएको छ । साथै उहाँले आउँदो वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सिंहले भन्नुभयो, ‘आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने योजनालाई केन्द्रमा राखेर आफ्ना सहकर्मीहरुलाई साथमा लिइ सङ्गठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको पालिका चुनाव हो । चुनावलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने खालको वातावरण निर्माणमा ध्यान दिन्छु।’

सिंहले पालिका चुनावमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पार्नुभयो।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  १ : ४३ बजे