९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बाणगंगा ८ मा चार दलिय गठबन्धनको घरदैलो, मतदाताको प्रतिक्रिया उत्साहजनक



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.८ मा चार दलिय गठबन्धनले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई गठबन्धनले तिब्रता दिइएको हो ।
गठबन्धनको तर्फबाट माओवादि केन्द्रका मेयरका उम्मेद्वार देवराज अर्याल, नेकपा एकिकृत समाजवादिका उप मेयरका उम्मेद्वार कमल भट्टराई लगाएत माओवादि केन्द्रका वडा अध्यक्षका उम्मेद्वार हुमनाथ पौडेल, महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् । निर्वाचन परिचालन कमिटि वडा ८ का संयोजक टोप नारायण वेल्लासे हामि जित्छौ भन्ने विश्वासका साथ घर दौलोलाई तिव्रता दिएको बताउनु भयो । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्या नारायण भुसाल, सरोज खनाल, यमा वञ्जाडे, जनि बञ्जाडे, युवा नेता कपिल पौडेल लगाएतका नेता तथा कार्यक्रताको बाक्लो उपस्थितीमा प्रचार प्रशार भईरहेको बताईएको छ ।
विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र दशकौ देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता हुमनाथ पौडेललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग संक्षम नेतृत्व आउन सक्ने आस देखिएको छ । चार दलिय गठबन्धनले कक्षा १२ सम्म निःशुल्क शिक्षा, वडैपिच्छे १५ शैयाको स्वास्थ्य केन्द्र लगाएतका विषयलाई मुख्य योजनामा राखेको छ । गठबन्धनले शुुसासन–जनमुखी र पारदर्शी प्रशासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि, पर्यटन, ढल तथा फोहोरमैला व्यवस्थापन, औधोगिकीकरण, भौतिक पूर्वाधार तथा विशेष योजना समेटेर नगर विकास परियोजनाको घोषणापत्र बनाएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उपप्रमुखमा नेकपा ९एस०का कमल भट्टराईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ५ : ०६ बजे